+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

ह्याम्स अस्पताललाई कोरोना परीक्षणको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १३:१६

१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले काठमाण्डौस्थित ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ। यसअघि मन्त्रालयले स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पताललाई शुल्क लिएर परिक्षण गर्न अनुमति दिएको थियो ।

‘सम्पूर्ण मापदण्ड पूरा गरेकाले परीक्षणको अनुमति दिएको हो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले भने, ‘यसअघि केही मापदण्ड पूरा नगरेकाले ह्याम्पसलाई परीक्षणको अनुमति दिइएको थिएन्।’

अब ह्याम्स अस्पतालले अस्पतालले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिको निर्धारित ५ हजार ५ सय रुपैयाँ लिएर परीक्षण गर्न पाउने छ। यस्तै निरोगिताको प्रमाणपत्र चाहिएका, विदेश जाने र शल्यक्रिया गर्नुपर्ने व्यक्तिको पनि परीक्षण हुनेछ।

यी अस्पताल बाहेक सरकारले ४ वटा निजी ल्याबलाई यसअघि नै परीक्षणको अनुमति दिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?