Comments Add Comment

राखेप उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालको सपथ आज

१४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवले बुधबार पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

दुई दिनअघि सोमबारको मन्त्रिपरिषद बैठकले राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो ।

दुवै जनाले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सपथ लिने मन्त्रालयले जनाएको छ ।

सिलवाल दोस्रो पटक राखेपको सदस्य सचिव नियुक्त भएका हुन् । २०७६ असार २३ गते पहिलो पटक राखेपको सदस्य सचिव बनेका सिलवाल नयाँ ऐन कार्यान्वयनमा आएपछि असार १७ गते पदमुक्त भएका थिए ।

तर नयाँ खेलकुद ऐन अनुसार सदस्य सचिव चयनका लागि गरिएको खुला प्रतिस्पर्धामा सहभागी भएर उनी मन्त्रिपरिषदबाट फेरि नियुक्त हुन सफल भएका हुन् । नयाँ ऐन अनुसार सिलवाल चार वर्षका लागि सदस्य सचिवमा नियुक्त भएका हुन् ।

यस्तै नेपाल तेक्वान्दो युनियनका अध्यक्ष तथा नेपाल खेलकुद महासंघको सहसंयोजक रहेका शिव कोइराला राखेपको उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । उनी १३ औं सागमा प्रचार प्रसार समितिका संयोजक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment