
फाइल तस्वीर
१४ साउन, काठमाडौं । सरकारले अब विद्यालय भवनहरुलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टर नबनाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनहरुलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार यदि कुनै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सेन्टर सञ्चालन गरिएको भए त्यसलाई खाली गराइनेछ । मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र २०७६ को नजिता प्रकाशन, पाठ्यपुस्तक वितरण र भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्न दिने निर्णय समेत गरेको छ ।
साथै शैक्षिक क्रियाकलाप सञ्चालनका लागि शिक्षकहरु विद्यालय पुग्ने व्यवस्तथा मिलाउन पनि भनेको छ । विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा भने मन्त्रालयले बनाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4