Comments Add Comment

भारतबाट पहिलोपटक नेपाली विद्यार्थीको उद्धार

१४ साउन, काठमाडौं । बुधबार भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । नेपाल एयरलाइन्सका अनुसार नेपालीको उद्धारका लागि बुधबार पहिलो पटक भारतमा उडान गरिएको हो । बैलौंर आसपासमा रहेका ८० जना नेपालीहरु आज काठमाडौं आउँदैछन् । नेपाल एयरलाइन्सको जहाज एक जना यात्रु बोकेर बैंलोर उडेको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार मलेसिया एयलाइन्सको जहाज क्वालालाम्पुरबाट ५१ जना यात्रु बोकेर काठमाडौं आएको छ । यो जहाज मलेसिया फर्किँदा भने ४४ जना यात्रु बोकेर उडेको छ । हिमालय एयरलाइन्सको जहाजले सिंगापुर र क्वालालाम्पुरबाट १५४ जनालाई नेपाल ल्याएको विमानस्थलको तथ्यांक रहेको छ ।

शान्ति सेना बोकेर सुडान गएको नेपाल एयरलाइन्सको जहाज आज राति सवा ९ बजे काठमाडौं अवतरण गर्दैछ । बिहीबार अन्तराष्ट्रियतर्फ ६ वटा उडान-अवतरणको तयारी छ । यसमध्ये कोरियाबाट कोरियन एयर काठमाडौं आउने छ । हङकङबाट क्याथे ड्रागन र इनचानबाट एसियाना एयरको जहाज काठमाडौं आउनेछ । बिहीबार हिमालय एयरलाइन्सको इक जहाज कुनमिङ र दुई जहाज कुवेत जाने कार्यक्रम रहेको छ ।

बुधबार आन्तरिकतर्फ मनाङ हेलीले ५ यात्रु बोकेर लुक्ला उडेको छ । माउन्टेन हेली ४ जना यात्रु बोकेर दोलखा उडेको छ । सिमि्रक एयर ५ यात्रु बोकेर पोखरा लागेको छ । कैलाश हेली सिरहा उडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment