Comments Add Comment

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

१४ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।

उनको साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब दिइएको थियो । उनको पैसा तिरेर परीक्षण गराइएको परिवारका सदस्यले बताएका छन् ।

वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा‍. असरफ हुसैनले जानकारी दिए । ‘किड्नीसम्‍बन्धी समस्या सँगै निमोनिया पनि रहेछ । अवस्था गम्भीर थियो’ उनले भने ‘आउनेबित्तिकै अक्सिजन दिनुपर्‍यो, भेन्टिलेटरमा राखेर पनि उपचार गर्‍यौं तर बचाउन सकेनौं ।’

अर्का मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी रहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

गण्डक कोभिड अस्पतालमा ड्युटीमा रहेका डा. निरज सिंहले स्वास्थ्यमा सुधार हुँदै गर्दा अचानक उनको बुधबार बिहान मृत्यु भएको बताए ।

‘भर्ना भएको दिनमा भन्दा उपचारपछि क्रमशः उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो’ उनले भने ‘तर एक्कसी उहाँको व्यवहारमा परिवर्तन आयो, दबाई खानै छोड्ने, अक्सिजन निकाले फालिदिने गर्न थाल्नुभयो । बचाउन सकिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment