+
+
Shares

जापानमा पहिलोपटक एकैदिन एक हजार बढी कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १२:४१

१५ साउन, काठमाडौं । जापानमा पहिलोपटक एकैदिन कोरोना भाइरस (कोभिड–१९) का एक हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक हजार २६४ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो दिन जापानमा कोरोना भाइरसका ९८१ नयाँ संक्रमित फेला परेका थिए ।

जापानको राष्ट्रिय ब्रोडकास्टर एनएचकेका अनुसार जापानको टोकियोमा मात्र पछिल्लो २४ घण्टामा ३६७ नयाँ संक्रमित फेला परेका थिए । यो जापानको टोकियामा एकैदिन भेटिएका सबैभन्दा धेरै नयाँ संक्रमितको संख्या हो ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म जापानमा ३३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक हजार एक जनाको मृत्यु भइसकेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?