Comments Add Comment

कथा मिलेपछि स्क्रिप्टमै थन्कियो निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’

एक बलिउड चलचित्रसँग कथा मिलेपछि चलचित्र ‘दिमाग खराब’ अब नबन्ने भएको छ । सिमोस सुनवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘दिमाग खराब’मा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले काम गर्ने पक्का भएको थियो ।

निश्चल र स्वस्तिमाले पनि केही समय अगाडि यो चलचित्रमा काम गर्न लागेको जानकारी अनलाइनखबरलाई बताएका थिए ।

बलिउड चलचित्र ‘मोतीचुर चकनाचुर’सँग ‘दिमाग खराब’को बिषय मिलेपछि यो चलचित्र अब स्क्रिप्टमै थन्किने भएको हो । चलचित्रमा निश्चल विदेशबाट फर्किएको यूवा र स्वस्तिमा विदेश जानका लागि हतार गरिरहेकी एक यूवतीको भूमिकामा देखिने तयारीमा थिए ।

निश्चल र स्वस्तिमा अभिनित चलचित्र ‘घामड शेरे’ बक्स अफिसमा फ्लप भएको थियो । यो चलचित्र असफल भएपछि पर्दामा निश्चल र स्वस्तिमालाई हेर्ने दर्शकको चाहना घटेको विश्लेषण हुँदै आएको छ ।

निर्देशक सिमोस सुनवार ‘झ्यानाकुटी २’को तयारीमा लागेका छन् । यो चलचित्रको कथा प्रदिप भारद्धाजले लेखेका हुन् । निर्देशक निश्चल बस्नेत भने अहिले नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment