Comments Add Comment

कर्णालीमा थपिए २२ जना कोरोना संक्रमित, १५ जना डिस्चार्ज

१५ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सुर्खेतका ७ जना, सल्यानका ३ जना, जाजरकोट र मुगुका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९३७ पुगेको छ ।

यस्तै, कर्णालीमा बिहीबार थप १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६९७ पुगेको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २३४ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment