Comments Add Comment

परवानीपुरमा कोरोनाले मृत्यु हुनेको परम्परागतरुपमै अन्त्येष्टि गर्ने निर्णय

१५ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर र बाराको परवानीपुर गाउँपालिका-३ लिपनीविर्तामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको गाउँमै परम्परागत रुपमा अन्तयेष्टि गर्ने निर्णय भएको छ ।

कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या देखिएपछि दुईवटा वडाले त्यस्तो निर्णय गरेका हुन् ।

दुईवटै वडाका अध्यक्ष तथा अगुवा बसेर सकेसम्म गाउँमा कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउने, संक्रमण फैलिएर कसैको मृत्यु भएमा अन्त्येष्टि गाउँमै गर्ने निर्णय गरेका हुन् ।

आफ्नो वडाका संक्रमितको मृत्यु भएमा सम्बन्धित वडाकै पुरानो घाट (खोला किनारका मसान घाटमा दाहसंस्कार गर्ने र मुस्लिमहरुको शव गाड्ने-कभरस्तान)मै अन्त्येष्टि गर्न दिने निर्णय भएको बैठकमा सहभागीले बताए ।

भविष्यमा महामारीबाट समस्या पर्दा शव व्यवस्थापन गर्न समस्या नहोस भनी पूर्वतयारी गरिएको वीरगञ्ज-२१ का अध्यक्ष हबिब मियाँले बताए ।

‘कोरोना महामारीबाट कसैको मृत्यु नहोस भन्ने प्राथना हो, तर नियन्त्रण बाहिर गइरहेको छ । जुनुसकै बेला दुर्घटना हुन सक्छ,’ उनले भने, ‘कोरोना महामारीबाट कसैको मृत्यु भइहालेको खण्डमा परम्परागतरुपमै दाहासंस्कार होस् भन्ने उद्देश्यले छलफल चलाएका थियौं । स्थानीय हाम्रो कुरामा सहमत हुनुहुन्छ ।’

कोरोना संक्रमितको शव व्यवस्थापन कार्यविधि २०७६ अनुसार व्यक्तिगत सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी शव अन्त्येष्टि गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार हाल नेपाली सेनाले शव व्यवस्थापन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment