 
																			१५ साउन, काठमाडौं । एसिड आक्रमणमा परेकी २२ वर्षीया युवती पवित्रा कार्कीको उच्च शिक्षाको जिम्मेवारी नेविसंघले लिने भएको छ ।
कीर्तिपुर अस्पतालमा कार्कीलाई भेट्न पुगेका नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, बलदेव तिमल्सेना, तुलसा पन्त लगायतले पवित्राको उच्च शिक्षाको जिम्मेवारी नेविसंघले लिने घोषणा गरेका हुन् ।
‘यो मानवताविरोधी अपराध हो, सरकारले यो कुरामा त्यत्ति ध्यान दिएको जस्तो लाग्दैन’, महामन्त्री थपलियाले भनिन्, ‘छोरीहरु समाजमा सुरक्षित भएर बाँच्न पाउनुपर्छ, त्यसका लागि नेविसंघले आवाज उठाइरहनेछ । कार्कीको उच्च शिक्षाको जिम्मेवारी पनि हामी लिन्छौं ।’
मानवताविरोधी अपराधविरुद्धको लडाइँमा कार्की एक्लै नरहेको भन्ने प्रत्याभूति दिलाउने उद्देश्यले नेविसंघले उच्च शिक्षाको जिम्मा लिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4