Comments Add Comment

बालुवाटारबाट इनफ इज इनफ अभियन्ता पक्राउ

फाइल तस्वीर

१६ साउन, काठमाडौं । अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियन्ताले प्रदर्शन गरेका थिए ।

बालुवाटारको सडकमा उभिदैमा पक्राउ गरेको विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले बताइन् । पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगञ्जमा राखेको छ ।

इनफ इज इनफ अभियानले आफ्ना अभियन्ताहरु सुदन गुरुङ, आलोक सुवेदी, सुदन मानन्धर, शशीबिक्रम कार्की, बिक्रान्त खनाल, रञ्जु दर्शना, सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेतीसहित २८ जना पक्राउ परेको बताएको छ ।

बालुवाटारमा सामाजिक दूरी कायम गरेर कोरोना महामारी रोकथाममा ध्यान दिन शान्तिपूर्ण दबाब दिने तयारी भइरहेका बेला  पक्राउ गरेको अभियानले विज्ञप्ति निकालेर जनाएको छ । पक्राउ परेका कतिपय सडकमा हिँडिरहेका बेला र पसलमा सामान किनिरहेका बेला पक्राउ परेको पनि अभियानले जनाएको छ ।

सरकारले आफूहरुको शान्तिपूर्वक भेला हुन पाउने अधिकारको हनन गरेको अभियानको भनाइ छ । ‘के लोकतन्त्र मरिसक्यो’ अभियानद्वारा जारी विज्ञप्तिमा प्रश्न गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment