+
+
Shares

विप्लव समूहका रुपन्देही इन्चार्जसहित नेताहरु पक्राउ

टोपराज शर्मा टोपराज शर्मा
२०७७ साउन १६ गते १८:२१

१६ साउन, बुटवल । विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् ।

बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव निकट एक नेताले जिल्ला इन्चार्जसहित नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए पनि रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले केही नेताहरु पक्राउ गरिएको र यकीन विवरण पछि दिइने प्रतिक्रिया दिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?