+
+
Shares

एनप्याब्सन र प्याब्सनसँग एनसेलको सहकार्य-अनलाइन कक्षाका लागि विशेष मासिक योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १९:३८

१६ साउन, काठमाडौं । एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ । कम्पनीले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

कोरोनाभाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा योजना ल्याइएको बताइएको छ । एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको बताएको छ । सहकार्यले विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्यान्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक–शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले कर बाहेक मासिक २ सय ५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी–फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १ सय २० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् ।

एनसेलले देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र ई–लर्निङमा योगदान पुर्याउन सहकार्य गरेको बताएको छ । यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिसपत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?