+
+
Shares

डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुईको उद्दार

रासस रासस
२०७७ साउन १७ गते २१:३२

१७ साउन, इनरुवा । सुनसरीको बराहाक्षेत्र नगरपालिका-१ कोशीगढमा शनिबार डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईको भने उद्दार गरिएको छ ।

मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका-८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ ।दुर्घटनामा परेका भोजपुर आपचोक गाउँपालिका-८ का शङकर राई र अजय राईको उद्दार गरिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बराह क्षेत्रबाट उदयपुर हँदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?