+
+
Shares

अमेरिकाबाट नेपालको विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते ९:१७

अमेरिकाको एटलान्टाबाट नेपालको विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलाई आर्थिक सहयोग सुरु गरिएको छ । लकडाउनका कारण काठमाडौँका विभिन्न धर्मस्थलमा रहेका जनावर र पशुपंक्षीहरूको समस्यालाई मध्यनजर गर्दै अमेरिकाको एटलान्टाबाट पर्यटनदूत तथा सामाजिक अभियन्ता राजा घले र डा. रामु खरेलको नेतृत्वमा आर्थिक सहयोगको पहल भएको छ ।

काठमाडौँका मन्दिर वरिपरि बस्ने पशुपंक्षीलाई खाना खुवाउनका लागि उनीहरूले विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापालाई रकम हस्तान्तरण गरेका छन् ।

कोरोना महामारीले विश्व नै आक्रान्त बनिरहेको बेला यससँग लड्न र जित्नको लागि संसारका प्रत्येक नागरिकले ऐक्यवद्धता जनाउदै ‘हामी नै संसार हौँ’ भन्ने बोध गरेर मानवताको लागि आ-आफ्नो क्षेत्रबाट उठ्नुपर्छ अनि केही न केही योगदान दिनुपर्छ भन्ने एउटा पाठ हो यो,’ सहयोगी राजा घलेले भने ।

यस अभियानमा जोडिने सहयोगी हातहरुमा राजा घले (प्रथम निर्वाचित अध्यक्ष, नासा), डा. रामु खरेल (संस्थापक, हाप्सा), सिके पराजुली, (पूर्वअधक्ष, नाग),  प्रणय लामा (पूर्वअधक्ष, नाग) र भविन्द्र बस्नेत (वरिष्ठ उपाध्यक्ष, नाग) रहेका छन् .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?