१८ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले चेपाङ समुदायको घरमा आगो लगाएको विरोधमा आन्दोलनरत विभिन्न संघर्ष समितिहरुले माडी नगरपालिकामा रहेका चार वटा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा आइतबार तालाबन्दी गरिदिएका छन् ।
चेपाङ समुदायको घरमा आगो लगाउने र भत्काउने कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्नु पर्ने लगायत १५ बुँदे माग गर्दै बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र बाढी पीडित बस्ती व्यवस्थापन संघर्ष समितिले संयुक्त रुपमा माडीको पाँचपाण्डव, बघौडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको संघर्ष समितिका अगुवा राजकुमार नेपालीले जानकारी दिए ।

निकुञ्जको मौजुदा ऐन नियम र निकुञ्जका कर्मचारीहरुको रवैयाको बिरोध गर्दै उनीहरुले मध्यवर्ती खारेजीको समेत माग गरेका छन् ।

मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेपछि बाँदरझुला, कुसुमखोला र माडीका अन्य सुकुम्बासी बस्तीबाट आएका बाढी पीडित, सुकुम्बासी र चेपाङहरु माडीको बसन्तपुरमा रहेका माडी नगरपालिका कार्यालय अगाडि केही समय धर्ना समेत दिएको नेपालीले बताए ।
सुकुम्बासी पीडितहरुको आन्दोलतप्रति जनप्रतिनिधिहरुको धारण सार्वजनिक गर्न माग गर्दै नगरपालिका कार्यालय अगाडि केही समय धर्ना समेत दिइएको उनले बताए ।

धर्नालाई सम्बोधन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले सुकुम्बासी, बाढी पीडित तथा चेपाङ समुदायको अधिकार स्थापितका लागि नगरपालिकाले अगुवाई गरेर संघर्ष गर्ने प्रतिवद्धता जाहेर गरेको नेपालीले बताए ।

निकुञ्जले गत साउन ३ गते माडी–९ स्थित कुसुमखोलामा बस्दै आएका २ घरमा आगो लगाएको थियो भने हात्ती लगाएर ८ घर भत्काइदिएको थियो ।
संघर्ष समितिले अघि सारेका मागहरुः