+
+

कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब अनलाइनबाट

कनेक्ट आइपीएसमार्फत सिधै बैंक खातामा पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १८:५२

१९ साउन, काठमाडौं । कर्मचारी सञ्चय कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाइन माध्यमबाट कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमार्फत गर्ने व्यवस्थाको थालनी गरेको छ ।

यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसी एशिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ ।

यस डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अनलाइन माध्यममार्फत कनेक्ट आइपीएस ई–पेमेन्टबाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तीय संस्थाहरुका खाताबाट गर्न सकिने छ । अबदेखी ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टरसम्म पुग्नुपर्ने बाध्यता पनि रहने छैन ।

यसका निम्ति ऋृणीले कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋृणीले कनेक्ट आइपीएस ई–पेमेन्टमा गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईल/यूसीआइएन नम्बर तथा ऋणीको नाम लगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानी गर्ने रकम दाखिला गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सक्दछन् । कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसी एशिया बैंकमा रहेका तोकिएको खातामा सो रकम सोझै जम्मा हुनेछ । यससँगै कोषको आफ्नो प्रणालीमा पनि भुक्तानी सफल भएको जानकारी प्राप्त गर्न सकिनेछ ।

कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच गत वर्ष साउनमा नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो । सो सम्झौताअनुरुप गत वर्ष साउन देखी नै कोषले प्रदान गर्ने धितो कर्जालगयातका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ । जसमा असार मसान्तसम्म एनपीआईमार्फत रु.५.३६ अर्ब बराबरको ३२ हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन् ।

यससँगै अनलाइनबाट कर्जा भुक्तानीको सुरुवात कोषको डिजिटाइजेसन तर्फको अर्को कोषेढुङ्गाको रुपमा लिइएको छ । यसका साथै कोषले विभिन्न संस्थाहरुबाट कोषमा हुने कर्मचारीहरुको योगदानमा आधारित मासिक भुक्तानीलगायतका संकल पनि निकट भविष्यमा अनलाइनमार्फत गर्ने योजना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?