Comments Add Comment

आयल निगमको देशभरका डिपो प्रमुखहरुको सरुवा

प्रधान कार्यालयमा पनि जिम्मेवारी फेरबदल

२० साउन, काठमाडौं । नेपाल आयल निगमले देशभरका प्रादेशिक, शाखा र केन्द्रीय कार्यालयका दर्जन बढी कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

कर्मचारी प्रशासन विनियमावलीअनुसार लामो समय एउटै विभागमा कार्यरत तथा कम्तिमा एक वर्ष प्रमुखको जिम्मेवारीमा रहेकाहरुको सरुवा गरिएको निगमले जनाएको छ ।

वीरेन्द्र गोइतलाई आन्तरिक नियन्त्रण तथा नियमन शाखाको जिम्मेवारी दिइएको छ । यस्तै एलपिजी ग्यास तथा एभिएसन विभाग प्रमुख निर्देशक दीपक बराललाई वितरण विभाग प्रमुख बनाइएको छ भने उनको ठाउँमा नेत्र काफ्लेलाई ल्याईएको छ ।

काफ्ले निगमको आन्तरिक नियन्त्रण तथा नियमन शाखामा थिए । इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुख पूर्णप्रसाद रिजाललाई प्रशासन विभागको जिम्मेवारी तोकिएको छ । उनको ठाउँमा विराटनगर प्रादेशिक डिपो प्रमुख अशोक शाहलाई ल्याइएको छ ।

अमलेखगन्ज, बागमती प्रदेश इन्धन डिपो, थानकोट डिपो प्रमुख प्रदीप यादव, गण्डकी प्रादेशिक कार्यालय, कास्की पोखरा र प्रदेश दुई डिपो महेन्ऽनगरका प्रमुखको भने सरुवा भएको छैन ।

प्रदेश एक वितरण डिपो विराटनगरको प्रमुखमा नकुल भण्डारीको सरुवा भएको छ । प्रदेश ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा प्रमुखमा प्रलयंकर आचार्यको सरुवा भएको छ भने भैरहवाका कार्यालय प्रमुख सुरज शाहलाई केन्द्रीय कार्यालयको गुणस्तर नियमन विभागमा पदस्थापन गरिएको छ ।

नेपालगन्ज डिपो प्रमुखमा कमला न्यौपानेको सरुवा भएको छ । उनी यसअघि केन्द्रीय कार्यालयमा थिइन् । प्रादेशिक कार्यालय सुर्खेतका प्रमुखमा शिवराज भण्डारीको सरुवा भएको छ ।

त्यहाँ कार्यरत दीपक घिमिरेको प्रधान कार्यालय आएका छन् । यस्तै ७ नम्बर प्रादेशिक डिपो धनगढीमा सीतारञ्जन दासलाई पठाइएको छ भने सो कार्यलयमा रहेका सर्पराज शर्मा भैरहवा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment