+
+
Shares

अस्पतालको प्रचार गरेको आरोप लागेपछि अमिताभको यस्तो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १५:२०

कोरोना भाइरसको संक्रमणका कारण २३ दिनसम्म बलिउड नायक अमिताभ बच्चन मुम्बइको नानावती अस्पतालमा भर्ना भए । उनी केही दिन अगाडि मात्र कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । तर, उनले अस्पतालमा रहँदा नानावतीको प्रचार गरेको आरोप भने लागेको छ । सामाजिक संजालमा उनले महंगो अस्पताल रोजेको र प्रचार गरेको भन्दै आलोचना भैरहेको छ ।

एक महिलाले सामाजिक संजालमा अभिताभ बच्चनको आलोचना गर्दै अस्पतालको प्रचार गरेका कारण उनीप्रतिको सम्मान हराएको भनेर उल्लेख गरिन् । अमिताभले कोरोनामुक्त भएपछि नानावती अस्पताललाई धन्यवाद दिदै लेखेको ट्विटमा महिलाले आक्रोश व्यक्त गरेकी थिइन् ।

महिलाको आरोपमा जवाफ दिदै अमिताभले लेखे–‘मैले अस्पतालको प्रचार गरेको छैनँ । मलाई जुन तरिकाले हेरचाह गरिएको छ, यसका लागि म नानावतीको धन्यवाद दिन चाहन्छु । र, म मलाई यसअघि पनि भर्ना गरिएका सबै अस्पताललाई धन्यवाद दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?