+
+
Shares

ओली–प्रचण्ड छलफल तेस्रो दिन पनि जारी, झलनाथ र सुवास नेम्वाङ साक्षी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १७:३३

२० साउन, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगनपछिको गतिरोध हटाउन दुवै अध्यक्षबीच आज तेस्रो दिन पनि छलफल जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डबीच साँझ ५ बजेदेखि बालुवाटारमा पुनः वार्ता शुरु भएको छ ।

साउन १३ को स्थायी कमिटी बैठक प्रथम अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपामा संकट झनै गहिरिएको छ ।

आइतवार र सोमबार दुई दिन लगातार ५ घण्टाभन्दा बढी छलफल गर्दा पनि ओली र प्रचण्डबीच सहमति हुन सकेको छैन ।

आजको वार्तामा पनि प्रचण्डको तर्फबाट झलनाथ खनाल र ओलीको तर्फका सुवास नेम्वाङ सहभागी छन् ।

प्रधानमन्त्री ओली अब स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राख्ने पक्षमा छैनन् । ओलीले सचिवालय बैठकमा जोड दिएका छन् ।

बामदेव गौतमको ६ बुँदे प्रस्तावपछि ओली सचिवालयमा अनुकुल अवस्थामा छन् । ओलीसँग वार्ता गर्नुअघि प्रचण्ड आजै उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटी पुगेर छलफल गरेका थिए ।

गौतमलाई फकाउन गएकाले प्रचण्ड कोरोना नियन्त्रण सम्बन्धी विज्ञ सहितको सर्वदलीय बैठकमा समेत सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?