Comments Add Comment

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, ३१ जना डिस्चार्ज

२१ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका सात जना, पर्साका तीन जना र कालीकोटका एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कणर्ाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९६५ पुगेको छ ।

यस्तै, कर्णालीमा बुधबार थप ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १७८ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment