+
+
Shares

चितवनमा १२ दिनपछि देखियो कोरोना, ७९ वर्षका वृद्धमा संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १७:१४

२१ साउन, काठमाडौं । चितवनमा ७९ वर्षका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

चितवनमा १२ दिनपछि बुधबार कोरोना संक्रमित भेटिएका हुन् ।

यी वृद्ध पछिल्लो समय घर छाडेर टाढा नगएको परिवारका सदस्यहरु बताउँछन् । उनका छोराका अनुसार वृद्ध नियमित फिजियोथेरापी गराउन जाने गरेका थिए । तर रुघाखोकी लागेपछि कोरोना संक्रमण परीक्षण गर्न स्वाब दिइएको थियो ।

उनलाई भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको सूचना अधिकारी पौडेलले बताए । हाल चितवनमा यी वृद्धसहित ७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?