Comments Add Comment

पर्साबाट सुर्खेत आएका तीनजना मजदुरमा कोरोना

२१ साउन, सुर्खेत । मजदुरीका लागि पर्साबाट सुर्खेत आएका तीनजनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि मात्रै पर्साको बहादुरमाई नगरपालिका वडा नं. ९ का ६ जना मजदुर वीरेन्द्रनगर आएका थिए ।

संक्रमण भएको आशंकामा मंगलबार उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा तीनजनाको रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले बताए ।

वाग्लेका अनुसार उनीहरु वीरेन्द्रनगर-६ स्थित शुभलक्ष्मी होटेलमा बसेका थिए । तीनजनामा संक्रमण पुष्टि भएपछि होटेल बन्द गरिएको छ ।

उक्त होटलमा सोमबार १९ जना ग्राहाक बसेका थिए । ‘होटेल सिल गरेर कन्ट्याक्ट ट्रेसिङ्ग गरेका छौं,’ प्रमुख वाग्लेले भने, ‘संक्रमित तीनजनालाई कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा आज नै पठाइ सकेका छौं ।’

मंगलबार पर्सा र रौतहटका थप ९ जना पनि मजदुरीका लागि सुर्खेत आएको प्रमुख वाग्लेले जानकारी दिए । उनीहरुको पनि स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि पठाइएको र बिहीबार रिर्पोट आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment