+
+
Shares

ओलम्पियनको नाम दर्ता गर्न नेपाल ओलम्पिक कमिटीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १२:४४

२२ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले ओलम्पियन संघको निर्वाचन प्रायोजनका लागि सबै ओलम्पियन खेलाडीलाई नाम दर्ता गर्न आग्रह गरेको छ ।

ओलम्पिक कमिटीले सूचना जारी गर्दै नेपालमा रहेको सम्पूर्ण ओलम्पियनको प्रतिनिधित्व गर्ने संस्था ओलम्पियन संघलाई प्रभावकारी बनाउने उद्देश्यले निकट भविष्यमा निर्वाचन मार्फत सक्रिय गराउने जनाएको छ ।

त्यसका लागि नेपालमा रहेका ओलम्पियनले आफ्नो विवरण ओलम्पिक कमिटीमा दर्ता गराउन सकिने वा इमेल मार्फत पठाउन सकिने पनि ओलम्पिक कमिटीले जनाएको छ ।

ओलम्पिक खेलमा सहभागी नेपाली खेलाडीले भदौ ५ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् ।

यसअघि भारोत्तोलन खेलाडी सुनील लाल जोशी ओलम्पियन संघका अध्यक्ष थिए । तर उनको मृत्युपछि अहिले ओलम्पियन संघ निष्क्रियजस्तै छ । अब उक्त संघलाई फेरि चलायनमान बनाउन लागेको ओलम्पिक कमिटीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?