Comments Add Comment

कोरोना संक्रमित दुई मृतकको कानेपोखरीको वनमा अन्त्येष्टि

२२ साउन, विराटनगर । कोरोना संक्रमणका कारण मृत्यु भएका विराटनगरका दुई जनाको नेपाली सेनाको टोलीले बुधबार राति कानेपोखरीस्थित वन क्षेत्रमा अन्त्येष्टि गरेको छ ।

बुधबार विराटनगर महानगरपालिका–९ का र रंगेली नगरपालिका –८ का ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको थियो । उनीहरुमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालले जिम्मा लगाएपछि नेपाली सेनाको टोलीले शव वन क्षेत्रमा लगेर व्यवस्थापन गरेको हो । कोरोनाका कारण मृत्यु भएकाले परिवारका सदस्यलाई शव नदिई नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई शव बुझाइएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

उपचारका लागि अस्पताल लगिएका विराटनगरका पुरुषको बुधबार दिउँसो १ः१० बजे र रंगेलीका पुरुषको बिहान १०ः३० बजे मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment