+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

काठमाडौं उपत्यकामा ८ जना संक्रमित सम्पर्कबाहिर

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १५:४९

२२ साउन, काठमाडौं । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।

‘कसैको फोन अफ छ त कसैको फोन उठेको छैन’ इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराला भन्छन्, ‘बेपत्ता हुनेहरु तराईका जिल्लाबाट आएका थिए ।’

कोइरालाका अनुसार कोही संक्रमितले पाटनमा स्वाब दिएका छन भने कोहीले टेकुमा दिएका छन् । सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका रहेका छन् ।

‘यसअघि पनि यसरी नै संक्रमित सम्पर्कविहीन भएका थिए, तर पछि आफैं सम्पर्कमा आएका थिए’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?