Comments Add Comment

३३४ अस्थायी दरबन्दी स्विकृत

२२ साउन, काठमाडौं । सरकारले दुई वटा मन्त्रालयमा ३३४ अस्थायी दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिणद्को १९ साउनमा बसेको बैठकले सहरी विकास मन्त्रालयमा २९२ र भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ४२ राजपत्रांकित अधिकृतहरूको अस्थायी दरबन्दी स्विकृत गरेको हो ।

मन्त्रालयअन्तर्गतका विभिन्न आयोजना र कार्यक्रम सञ्चालनका लागि दरबन्दी सिर्जना गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस लोक सेवाको विज्ञापन बन्द गरेर एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment