Comments Add Comment

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

२३ साउन, कैलाली । बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका ४ ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा भने सकुशल रहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
‘घरको माथिल्लो तलामा सुतेका आमा–छोराको मृत्यु भएको हो,’ उनले भने ‘तल सुतेका छोरी र उनी साथी भागेर बाँचे ।’

पहिरोले केही चौपायासमेत मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment