+
+
Shares

सप्तरीमा थपिए १८ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १०:४६

२२ साउन, सप्तरी। सप्तरीमा १८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार दुई जना महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राजविराज वडा नम्बर ४ का ३३ बर्षीय पुरुष राजविराज ६ की ५५ बर्षीया महिला तथा वडा नम्बर खुल्न नसकेको दुई जना ४० र  ३१ र ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका ४ की २५ बर्षीया महिला तथा वडा नम्बर ५ का दुई जना उमेर नखुलेका पुरुष, रुपनी गाउँपालिका ६ का २४ बर्षीय पुरुष, महादेवा गापा २ का दुई जना ३७ बर्षका तथा ३६ र ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबारै तिलाठी कोइलाडी गाउँपालिका २ को उमेर नखुलेका ३ जना पुरुष संक्रमित देखिएका छन् । यही गाउँपालिका वडा नम्बर ७ का उमेर नखुलेका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ५८ पुगेको छ । जिल्लामा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?