Comments Add Comment

कर्णालीमा ५ जना कोरोना संक्रमित थपिए, ५५ जना डिस्चार्ज

२३ साउन, काठमाडौं । कर्णालीमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको सव्स्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमितमध्ये ४ जना कालीकोटका रहेका छन् भने एकजना रामेछापका हुन् ।

कालीकोटको रास्कोट नगरपालिका-२ का २२ वर्षीय पुरुष, खाँडाचक्र नगरपालिका वडानम्बर २ र वडानम्बर ३ का २२/२२ वर्षीया युवती रहेका छन् भने सान्नी त्रिवेणी गाउँपालिका-३ का ३० वर्षीय पुरुष रहेका छन् ।

शुक्रबार पुष्टि भएका अर्का संक्रमित रामेछापको खाँडादेवी गाउँपालिका-१ का ३० वर्षीय पुरुष रहेको महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा संक्रमितको संख्या १९६५ पुगेको छ ।

साथै, कर्णालीमा शुक्रबारसम्म डिस्चार्ज हुने संक्रमितको संख्या १८६३ पुगेको छ । शुक्रबार मात्रै प्रदेशका विभिन्न आइसोलेसनबाट ५५ जना डिस्चार्ज भएका छन् ।

कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको छ भने अब आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ९६ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment