Comments Add Comment

बाँकेमा ४९ जना संक्रमित थपिए, मंगलबारसम्म निषेधाज्ञा

२३ साउन,बुटवल । बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको पीसीआर परीक्षणमा बाँकेका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको थ्रोट स्वाबको परीक्षण गर्दा बाँकेका ४९, बर्दिया र रुकुम पूर्वका एक–एक जना गरी ५१ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै बाँकेमा निषेधाज्ञा मंगलबार राति १२ बजेसम्मका लागि थप गरिएको छ ।

यसअघि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिए पनि संक्रमितको संख्या बढेपछि मंगलबार रातिसम्मका लागि थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या ५५३, बर्दियामा २६३ र रुकुम पुर्वमा २३ जना पुगेका छन् । प्रदेश ५ मा शुक्रबार दिउँसोसम्म संक्रमितको संख्या ४ हजार ४ सय ९९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment