Comments Add Comment

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

२३ साउन, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार मेक्सिकोमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार ५१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसका कारण ८१९ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मेक्सिकोमा ६ हजार ५९० नयाँ संक्रमित थपिएका छन् । यससँगै मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ६२ हजार ६९० पुगेको छ ।

मेक्सिकोमा केही सातायता निकै तीव्र गतिमा कोरोना भाइरसका संक्रमित र मृतक बढेका छन् । दुई साताअघि मेक्सिकोमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको थियो । अहिले मेक्सिको कोरोना भाइरसबाट मृत्यु हुने संख्याको आधारमा कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । पहिलो स्थानमा रहेको अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ६० हजारको हाराहारीमा पुगेको छ भने ब्राजिलमा पनि मृतकको संख्या एक लाखको हाराहारीमा पुगेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment