+
+
Shares

म्याग्दीमा कोरोनाको सक्रिय संक्रमित शून्य

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १९:५७

२३ साउन, पोखरा । आइसोलेसनमा रहेका सबै संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि म्याग्दी जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ ।

हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर फर्किसकेकाले ‘हाललाई कोरोनामुक्त जिल्ला’ मानिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले हाल म्याग्दीको आइसोलेसनमा रहेका ६ जनाको रिपोर्ट पनि नेगेटिभ आएको सुनाए । ‘एक्टिभ केस ६ जनामात्र थियो । उनीहरुको पनि भर्खरै प्राप्त रिपोर्ट नेगेटिभ नै आयो,’ उनले भने, ‘अब अर्को केश नभेटिँदासम्म कोरोनामुक्त जिल्ला मानेका छौं ।’

म्याग्दीमा जेठको दोस्रो साता पहिलो पटक एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता भेटिएका ४६ जना सबैले कोरोना जितिसकेको लम्सालले अनलाइनखबरलाई जानकारी दिए । ‘भर्खरैमात्र पनि केही स्वास्थ्यकर्मी र कन्ट्याक ट्रेसिङमा परेकाको स्वाब परीक्षण गरेका थियौं । सबैको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।

म्याग्दीमा हाल ६४ जना क्वारेन्टिनमा छन् । क्वारेन्टिनमा रहेकामध्ये ३२ जनाको नतिजा आउन बाँकी रहेको र अन्यको शुक्रबार नै नतिजा नेगेटिभ आएको लम्सालले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारमात्रै विभिन्न व्यापारी, व्यवसायी, कर्मचारी, चालक, सहचालक, सञ्चारकर्मी गरी १ सय ६ जनाको स्वाब संकलन गरिसकिएको जनाएको छ । ‘त्यसमध्ये ३ जना क्वारेन्टिनमै रहेका व्यक्तिको हो । उहाँहरुको स्वाब हामी शनिबार नै परीक्षणका लागि पठाइसक्छौं,’ उनले भने ।

गण्डकी प्रदेशमा १ हजार ५८७ कोरोना संक्रमित छन् । जसमध्ये १ हजार ३८३ जना कोरोना निको भई घर फर्किसकेका छन् । प्रदेशमा ४ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?