+
+
Shares

सुत्केरीको मृत्यु प्रकरण : ५ लाखमा मिलापत्र, चिकित्सक र ल्याब टेक्निसियन छुटे

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २४ गते १६:१८

२४ साउन, जनकपुरधाम । गलत समूहको रगत चढाएपछि महिलाको मृत्यु भएको घटनामा मिलापत्र भएको छ ।

जनकपुरधामस्थित रामजानकी अस्पतालमा प्रसुती गराउन आएकी महोत्तरीको गौशाला नगरपालिकाकी २२ बर्षीया गंगा महतोलाई गलत समूहको रगत चढाउँदा शुक्रबार मृत्यु भएको थियो । घटनापछि प्रहरीले डा. शैलेन्द्र साह र रेडक्रसको रक्तसंचार केन्द्रका ल्याब टेक्निसियन नरेश यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

तर अस्पतालले पीडितसँग मिलापत्र परेको छ ।

आफ्नो गल्ती ढाकछोप गर्न अस्पतालले मृतक परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको छ र भवितव्यमा आफ्नो मान्छेको मृत्यु भएको निवेदन प्रहरीमा दिएका हुन् ।

‘प्रहरी लापर्वाही गर्नेलाई कारबाही गर्ने पक्षमा थियौं । तर भवितव्यमा जाहेरी परेपछि दुबैलाई रिहा गरेका हौं’ जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले भने ।

यद्यपी मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतकका आफन्त राजेश महतोले मिल्न अस्पतालका अधिकारीले दबाव दिएपछि सहमति गर्न बाध्य भएको प्रतिकृया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?