+

नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

२०७७ साउन  २५ गते ७:२० २०७७ साउन २५ गते ७:२०
नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

२५ साउन, काठमाडौं । कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको प्रिक्वाटरफाइनल दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४-१ को जित हात पारेको हो ।

नापोलीको मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

क्याम्प नाउमा भएको दोस्रो लेगमा बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लिओनल मेसी, क्लेमेन्ट लेङलेट र लुइस सुआरेजले गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा लेङलेटले १०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दिलाए ।

३०औं मिनेटमा मेसीले गोल अर्को गोल गरेका थिए । तर भिएआरले उक्त गोललाई मान्यता दिएन । पहिलो हाफको इन्जुरी टाइममा सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा नापोलीले पनि पेनाल्टी पायो र त्यसमा लरेन्जो इनसिग्नेले गोल गरे ।

तर दोस्रो हाफमा दुवै टिमबाट गोल भएन र बार्सिलोनाले ३-१ ले खेल जित्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

बार्सिलोनाले लगातार १३औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

पाँच पटकको च्याम्पियन बार्सिलोनाले अब क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय