+
+
Shares

न्युजिल्याण्डमा सय दिनयता कोरोनाका स्थानीय संक्रमित संख्या शून्य

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १८:२२

२५ साउन, काठमाडौं । आइतबार न्युजिल्याण्डमा स्थानीय संक्रमित फेला नपरेको एक सय दिन पुरा भएको छ । ५० लाख जनसंख्या रहेको न्युजिल्याण्डमा अहिले जनजीवन सामान्य बन्दै गएको छ । अहिले यहाँका मानिसहरु खचाखच भरिएको स्टेडियममा बसेर खेल हेर्न पाउँछन् । विना कुनै डर रेष्टुरेन्टमा जान पाउँछन् ।

यद्यपि केही मानिसहरुले भने मुलुकमा धेरे आत्मविश्वास हुँदा आगामी दिनमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम भने कायमै रहेको बताउँछन् । मार्चको अन्तिममा न्युजिल्याण्डमा कडा लकडाउन लगाइएको थियो । त्यतिबेला न्युजिल्याण्डमा कोरोना भाइरसका केवल एक सय संक्रमित थिए । तर, लकडाउनमा निकै कडा गरिएकाले त्यति धेरै कोरोना संक्रमण फैलिन पाएन ।

न्युजिल्याण्डमा अहिलेसम्म कोरोना भाइरसको संक्रमितको संख्या एक हजार ५६९ पुगेको छ । साथै मृत्यु हुनेको संख्या पनि २२ छ । विशेषज्ञहरुले विज्ञान तथा कुशल नेतृत्वको उदाहरण दिँदै न्युजिल्याण्डले कोरोना भाइरसमाथि आफ्नो नियन्त्रण कायम गर्न सफल भएको बताउँदै आएका छन् । अहिले न्युजिल्याण्डमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि केवल २३ छ ।

कोरोना भाइरसको नियन्त्रण गर्न सफल भएकोमा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनको विश्वभर प्रशंसा हुँदै आएको छ । पश्चिमा मुलुकहरुमा अर्थतन्त्र कि जीवन भन्ने विषयमा द्विविधा देखिँदा कोरोना भाइरस नियन्त्रणमा आउन नसकेको भए पनि न्युजिल्याण्डले अर्थतन्त्र कुनै पनि रोगजस्ता कुराहरुबाट मुलुकलाई टाढै राख्न सकेको खण्डमा ममात्र बलियो हुने नीति अवलम्बन गरेको विशेषज्ञहरुले बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?