+
+
Shares

रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले रसुवालाई नुवाकोटसँग सडकमार्गबाट जोड्न ७५ मिटर लामो बेलिब्रिज बनाउने भएको छ ।
  • पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नुवाकोटको सुर्यगढी–रसुवाको नौकुण्ड जोड्ने फलाँखुमा बेलिब्रिज जडान गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।
  • बेलिब्रिज जडान भएपछि नुवाकोटबाट रसुवा जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्ग बन्ने सरकारले जनाएको छ ।

३० भदौ, काठमाडौं । सरकारले रसुवालाई नुवाकोटसँग सडकमार्गबाट जोड्न ७५ मिटर लामो बेलिब्रिज बनाउने भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सो जानकारी गराएका हुन् ।

उनका अनुसार नुवाकोटको सुर्यगढी गाउँपालिका २ तल्लो कुवापानी बिमिरे खोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका ५ बहाखोलासम्म फलाँखुमा सो बेलिब्रिज जडान गर्ने निर्णय भएको हो ।

सो स्थानमा बेलिब्रिल जडान गर्ने सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्षबाट अनुरोध आएको र सो अनुसार आवश्यक निर्देशन र सहजीकरण गरिएको समेत उनले बताएका छन् ।

उनका अनुसार यो स्थानमा बेलिब्रिज जडान भएपछि नुवाकोटबाट रसुवा जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्ग बन्नेछ । फलाँखुबाट विदुर २३ किलोमिटर र धुन्चे ३५ किलोमिटर दूरीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?