Comments Add Comment

हङकङमा एक दैनिक पत्रिकाका सञ्चालक पक्राउ

विदेशी मुलुकसँग साँठगाँठ गरेको आरोपमा 

२६ साउन, काठमाडौं । हङकङमा एक दैनिक पत्रिकाका संस्थापक पक्राउ परेका छन् । एप्पल डेली नामक पत्रिकाका संस्थापक जिम्मी लाइ ची यिङ पक्राउ परेका हुन् । हङकङका लागि ल्याइएको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत उनलाई पक्राउ गरिएको हो । यिङको मिडिया ग्रुप नेक्स्ट डिजिटलको मुख्यालयमा पनि प्रहरीले छापा मारेको छ । नेक्स्ट मिडिया ग्रुपले एप्पल डेल्ली नामक पत्रिका प्रकाशन गर्दै आएको छ । ग्रुपको मुख्यालयमा दुईसय भन्दा धेरै प्रहरीले छापा मारेका थिए । तर, यो अपरेसनमा पत्रिकाको सम्पादकीय विभाग वा रिपोर्टरहरुलाई लक्षित नगरिएको प्रहरी अधिकारीले बताएका छन् ।

यिङलाई भने प्रहरीले आफ्नै आवासबाट पक्राउ गरेको हो । एप्पल डेल्लीका अनुसार यिङलाई पक्राउ गर्न १० प्रहरीको टोली गएको थियो । उनीमाथि विदेशी मुलुकसँग साँठगाँठ गरेको, देशद्रोही शब्दको प्रयोग गरेको र धोकाधडीको आरोप लगाइएको छ ।

हङकङको लागि ल्याइएको राष्ट्रिय सुरक्षा कानुनले त्यहाँको स्वतन्त्रता खोसिन सक्ने आशंका गरिँदै आएको अवस्थामा मिडिया संस्थापक पक्राउ परेका हुन् । यिङसँगै अन्य ६ जना मानिसहरु पनि पक्राउ परेको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरुमा यिङका दुई छोरा र एप्पल डेल्लीका सीईओ, प्रमुख वित्तीय अधिकारी लगायतका मानिसहरु छन् । पक्राउ परेकाहरु ३९ देखि ७२ वर्ष उमेर समुहको रहेको बताइको छ ।

हङकङका प्रजातन्त्र पक्षधर नेताहरुले मिडियामाथिको यस किसिमको कारबाहीले हङकङको विषयमा निकै नकारात्मक सन्देश दिएको बताएका छन् । गत शुक्रबार अमेरिकाले चीन र हङकङका वरिष्ठ अधिकारीहरुमाथि प्रतिबन्धको निर्णय गरेको थियो । जसमा हङकङ प्रमुख क्यारी लामको पनि नाम समावेश थियो । उनीहरुमाथि हङकङको स्वतन्त्रता खोस्न सहयोग गरेको आरोप लगाइएको थियो ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment