Comments Add Comment

पर्सा र बारामा २१ महिलासहित ७० जना कोरोना संक्रमित थपिए

२६ साउन, वीरगञ्ज । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी सोमबार राति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना छन् । यसअघि सोमबार बिहान पनि पर्साका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रयोगशालाले दिएको जानकारी अनुसार नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत ३१ र ३० वर्षीय दुई जना चिकित्सक र २३ वर्षीय एक युवक, भवानी हस्पिटलले पठाएको स्वाबमा वीरगञ्ज–१६ नगवाका १८ वर्षीय, वीरगञ्ज–१९ को २३ वर्ष, वीरगञ्ज–१४ का ४०, वीरगञ्ज–१५ का ३२ वर्षका पुरुष, २० र ३६ वर्षीया २ जना महिला, वीरगञ्ज– १६ भिष्वाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ जना प्रहरी संक्रमित

संक्रमित मध्ये ६ जना प्रहरी छन् । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत १ जना प्रहरी कर्मचारीमा पनि संक्रमण देखिएको हो । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ४८, ३०, ४३, ३५, २३, वर्षीय र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार यो सँगै पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनका अनुसार क्वारेन्टिनमा खटिएका मात्रै नभएर भिडभाडमा खटेर ड्युटी गर्ने प्रहरीमा समेत कोरोना संक्रमण देखिएको छ । प्रहरी कर्मचारी कै परिवारका एक १७ वर्षीया किशोरीमा र २२ वर्षीय एक जना थुनुवाको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कन्टयाक्ट ट्रेसिङका २४ जनामा संक्रमण

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको पीसीआर ल्याबले जनाएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–१ छपकैयाका ७७ वर्षका पुरुष र १० वर्षका बालक र १७ वर्षीया युवती, १४ वर्षीया किशोरी र ३३ वर्षीया महिलामा, धोविनी गाउँपालिका–३ का ३३ वर्षीय, वीरगञ्ज–१५ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

बाराको विश्रामपुर गाउँपालिका ५ इटियाहीका २६ वर्षीय, वीरगञ्ज–१३ का १७ वर्षीय, वीरगञ्ज–१० का ५२ वर्षीय पुरुषहरू र ५० वर्षीया एक महिला, वीरगञ्ज–१२ मुर्लीका ४८ वर्षीय, वीरगञ्ज–१६ का १९ वर्षीया युवती, वीरगञ्ज–४ विर्ताका ८६, २६, १७, १९, २४, ६० वर्षीय पुरुषहरू, ७ वर्षीय बालक र ५२ वर्षीया महिला र २१ वर्षीया युवती, कृषि सामाग्री केन्द्र ५५ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ४८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वारो आएर र आफैं कोरोना जाँच गराएकामा २१ जनामा संक्रमण

ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज–१३ का ३५ वर्षीय, वीरगञ्ज–४ विर्ताका २४ वर्षीय, वीरगञ्ज–१० आदर्शनगरका ४८ वर्षीय पुरुष, ४५ वर्षीया महिला, वीरगञ्जकै ३७ वर्षका पुरुष र नारायणी अस्पतालमा भर्ना भएका वीरगञ्ज–१५ भिष्वाका ४५ वर्षीय पुरुष, वीरगञ्ज– ७ रामटोलका ५५ वर्षीया महिला र ज्वरो आएर ५ दिनदेखि नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–१६ नगवाका ६१ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

आफैं कोरोना जाँच गराएका वीरगञ्ज– १० लिंंक रोडका २९ वर्षीय, वीरगञ्ज–६ रेशमकोठीका ३८ वर्षीय पुरुष, वीरगञ्ज–६ माइस्थानका ४८ वर्षीय पुरुष, १८ वर्षीय युवक र २१ वर्षीया युवती, वीरगञ्ज–४ विर्ताका ७६ वर्षीय वृद्ध, वीरगञ्ज–१२ मुर्लीकी ५५ वर्षीया महिला र वीरगञ्ज–१५ भिष्वाका १५ वर्षीय पुरुष र वीरगञ्ज– २ छपकैयाका ६५ वर्षीय पुरुषमा कोराना देखिएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका–३ का ३० वर्षीया महिला र ३ वर्षीया बालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित सिमरा क्वारेन्टिनका ४५ वर्षीय पुरुष र बाराको निजगढमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवानमा कोरोना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment