Comments Add Comment

उपाय: सिटी कार्गोको नयाँ एप ‘उपायः सिटी कार्गो ३.०’ सार्वजनिक

२७ साउन, काठमाडौं । शुक्रबार एक विशेष कार्यक्रमका  बीच उपाय: सिटी कार्गोले आफ्नो नयाँ एप उपायः सिटी कार्गो ३.० सार्वजनिक गरेको छ । संस्थापक, बोर्डका सदस्य, लगानीकर्ता र कर्मचारीको उपस्थितिमा अनलाइन ढुवानीलाई व्यवस्थापन गर्न थप मद्धत गर्ने एपको सार्वजनिक गरिएको हो ।

सो कार्यक्रममा उपाय:सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले कम्पनीको उद्देश्यबारे प्रष्ट पारे ।

कम्पनीका चिफ अपरेशन अफिसर आमिगो खड्काले कम्पनीको बिगत र बर्तमानको तुलना गर्दै, कम्पनीले गत आर्थिक बर्षमा गरेको प्रगति र आउने दिनमा यसले कसरी काम गर्छ भन्ने ‘रोड-म्याप’ प्रस्तुत गरे ।

आगामी आर्थिक वर्षमा कम्पनीले आफ्नो सेवा काठमाडौं बाहिर पनि सेवा बिस्तार गर्ने योजना रहेको बताए, जसमा ६ वटा हब (१० ठूला शहर) पर्ने उनले जनाए ।

नेपालीको इकमर्स तथा कृषि व्यवसायमा पनि ‘सप्लाइ- चेन’ लजिस्टिकको निकै समस्या रहेकाले; उपाय:सिटी कार्गोलाई व्यवसायीहरुको विश्वासिलो लजिस्टिक साझेदार बनाउदै देशको आर्थिक रुपान्तरणमा अहम भुमिका खेल्न चाहेको उनले बताए ।

‘उपाय:सिटीकार्गो’ नयाँ एपका विशेषताहरुको विषयमा कम्पनीका प्रोडक्ट एण्ड डेभलोप्मेन्ट प्रमुख करण बस्नेत प्रकाश पारे । उनले उपाय:सिटी कार्गो क्लाइन्ट एपमा ‘Tracking र Automated VAT bills’ को सुबिधा रहेको र त्यस्को साथै Driver ले पनि एपमा नै Automatic Trip Notification र आफ्नो आम्दानी पाउने जनाए । Client र Driver दुबैले एपमार्फतनै सजिलै काम (ट्रिप) गर्न सक्ने भन्दै उपस्थित रहेकाहरुको बीचनै नमूना ट्रिप (Demo Trip) गराएर विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment