Comments Add Comment

अमृत बोहरा र शेरबहादुर तामाङ पनि क्वारेन्टिनमा बस्नुपर्ने

२७ साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले साउन २२ गते बाह्रबिसे ४ का ८४ वर्षीय पुरुषको मृत्युसंस्कारमा गएका तथा त्यसपछि परिवारको सम्पर्कमा पुगेका सबैलाई आफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

२२ गते मृत्यु भएका ती व्यक्तिलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र पुष्टि गरेको छ ।

काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्‍ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएका वृद्धको उनकै अन्तिम इच्छा बमोजिम छोराहरुले बाह्रबिसेमै स्थानीय घाटमा दाहसंस्कार गरेका थिए । त्यहाँ एक हजारभन्दा बढी मान्छे मलामी गएका थिए ।

घरमै मृत्युसंस्कारमा बसेका उनका छोरालाई भेट्न सोमबारमात्रै नेकपा नेताहरु अमृतकुमार बोहरा, शेरबहादुर तामाङ लगायत जिल्लाका विशिष्ठ व्यक्ति बाह्रबिसे पुगेका थिए । अर्को सूचना नआएसम्म सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment