Comments Add Comment

बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु

२८ साउन, बुटवल । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।

गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताएअनुसार दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

२५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तेलीको स्वाबको पीसीआर परीक्षण नभएको र अब गरिने डा. थापाले बताए ।

बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि अस्पतालमा सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो । तर उनको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment