Comments Add Comment

कोरोनाका कारण तम्घासको रोपाइँ जात्रा भएन

फाइल तस्वीर

२८ साउन, गुल्मी । कृष्ण जन्माष्टमीको अवसरमा गुल्मीको सदरमुुकाम तम्घासमा विविध कार्यक्रमसहित गरिने रोपाइँ जात्रा यस वर्ष भएन ।

कृष्ण जन्माष्टमीको अर्को दिन मनाइने रोपाइँ जात्रा कोरोना महामारीका कारणले नगरिएको हो । तम्घासमा रहेका विभिन्न क्लब संघसंस्थाहरु मिलेर विविध कार्यक्रमसहित रोपाइँ जात्रा गरेर मनाउने प्रचलन थियो ।

तम्घास बजारमा श्रीकृष्णको रथ यात्रा, रोपाइँ जात्रा, हाँस्याव्याग्य गाईजात्रे प्रस्तुति, लाखे नाचसहित विविध साँस्कृतिक कार्यक्रम हुने गर्दर्थे । जात्रा तम्घास बजारका विभिन्न स्थानसँगै चिदिचौर खेल मैदानमा पुगेर रोपाइँका बेला गाइने बाली गीतसहित विभिन्न हास्यव्यग्य कार्यक्रमहरु पनि गरिने गरिन्थ्यो ।

रोपाइँ जात्रा तथा विविध साँस्कृतिक कार्यक्रममा विभिन्न घटनाक्रमसँग सम्बन्धी हाँस्यव्यङ्गे प्रस्तुति, खेत रोपाइँको क्रममा गाइने बाली भाका गाएर तम्घास बजार रमाइलोमय बन्ने गर्दथ्यो ।

नयाँ पुस्ताले पुराना संस्कार र सँस्कृतिहरु बिर्सिदै गएकाले संस्कृति जोगथाउन यस्तो जात्रा निकाल्ने गरेको यहाँका संघ संस्थाहरुको भनाइ थियो ।

रोपाइँको बेला असारमा गाइने बाली गित गाएर रोपारेहरुले रोपाइँ गरेको जस्तै गर्दा झट्ट हेर्दा जो कसैलाई पनि असारको सम्झना दिलाउने गरी संस्कृति प्रस्तुत गर्ने गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment