Comments Add Comment

छिमेकीको अतिक्रमणकारी नीतिका कारण सीमा समस्या : गृहमन्त्री

२८ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छिमेकीको कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर गाडिदिने जस्तो व्यवहारका कारण सीमा समस्या देखिएको बताएका हुन् ।

उनले छिमेकी भने पनि देशको नाम भने लिएनन् । ‘सीमा विवाद आउनुमा हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारण छ । पिलरहरु खनेर फपालिदिने, त्यसलाई नेपालभित्र ल्याएर गाडिदिने यस्ता अतिक्रमणकारी नीति सीमा समस्याका पछाडिका कारण देखिन्छ’ उनले भने ।

नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको भन्दै गृहमन्त्री थापाले नदीले धार परिवर्तन गर्दा पनि सीमा परिवर्तन भएको बताए ।

सीमा विवाद दुई पक्षबीचको समस्या भन्दै मन्त्री थापाले कुटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए ।

नेपाली भूभागको र सीमाको रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले यसमा विशेष पहल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment