Comments Add Comment

कोरोनाले शैक्षिक सत्रमा पारेको असरबारे प्रतिवेदन माग

२८ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नोवेल कोरोना भाइरस (कोभिड–१९)ले शैक्षिक सत्रमा पारेको असरबारे पाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् ।

आफ्नै अध्यक्षतामा बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन । गत चैतदेखि पढाइ ठप्प भएर शैक्षिक सत्र प्रभावित हुने भएपछि मन्त्रीले केन्द्रलाई विस्तृत अध्ययन गर्न भनेका हुन ।

सरकारले कोरोनाका कारण स्थगित परीक्षा र विद्यार्थी भर्ना कम्तिमा १५ भदौसम्म खुल्ला गर्न नपाइने निर्णय गरिसकेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

संक्रमितको संख्या बढेर विद्यालय खुल्ने निश्चित नभइरहेका बेला मन्त्री पोखरेलले शैक्षिक सत्रबारे चासो देखाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment