Comments Add Comment

सर्वोच्च अदालतका दुई न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा

२८ साउन, काठमाडौं । देशभरी नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन ।

न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएपछि उनीहरू ‘सेल्फ आइसोलेसन’ मा बसेका हुन् । ती सुरक्षाकर्मीको २६ साउनमा संकलन गरेको स्वाबको रिर्पोट बुधबार आएको होे । उनी २२ साउनसम्म न्यायाधीशको सुरक्षामा खटिएका थिए ।

संक्रमितको सम्पर्कमा आए पनि आफूलाई कुनै समस्या नभएको र स्वास्थ्य मन्त्रालयको अधिकारीहरूसँग परामर्शमा रहेको न्यायाधीश खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

अर्का न्यायाधीश फुयाँलले भने न्यायाधीश खतिवडासँग सँगै बेन्चमा बसेकाले आफू पनि ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment