Comments Add Comment

बूनपा १० मा एकै परिवारका ८ जनालाई संक्रमण पुष्टि

२८ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका ८ जनासहित १४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १० पञ्चकन्या चोकमा एकै परिवारका ८ जनालाई संक्रमण पुष्टि भएको हो ।

बुनपाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईका अनुसार न्यूरोडमा व्यापार गर्ने ३८ वर्षका पुरुषले हृयाम्स अस्पतालमा स्वाब दिएका थिए ।

अस्पतालले शनिबार उनको रिपोर्ट नेगेटिभ आएको खबर गरेको थियो, तर टेकुबाट पोजेटिभ आएको खबर आयो । लगतै उनले अस्पताल गरेर गलत रिपोर्ट दिएको भन्दै विरोध गरे । त्यसपछि उनको परिवारका सदस्यहरुको स्बाव संकलन गरिएको थियो । रिपोर्ट नआउँदै उनले भने बिथ ल्याबमा टेष्ट गराए ।

तर हृयाम्स र बिथ दुबैमा उनको रिपोर्ट नेगेटिभ आयो । तर परिवारका ८ ५ जना (दाजुभाइ) मा संक्रमण पुष्टि भयो । ‘शायद उहाँलाई संक्रमण भएर निको हुने चरणमा पुगिसकेकेा थियो । तर परिवारका अरु सदस्यलाई सरेको रहेछ’ एक अधिकारीले भने ।

यस्तै वडा नं १ फलवारी मार्गकी ३३ वर्षीया महिला, फुलवारी कोलोनीका ३५ वर्षीय पुरुष, वडा नं ४ शिव मन्दिरका ३४ वर्षीय पुरुष, वडा नं ३ देउवा चोकका ३२ वर्षीय पुरुष र वडा नं ८ मण्डिखटारका ६ वर्षीय बालकमा पनि संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment