+
+
Shares

न्युजिल्याण्डमा फेरि देखिन थाले कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १३:२५

२९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सफल मानिएको न्युजिल्याण्डमा पुनः कोरोना भाइरसका संक्रमित फेला पर्न थालेका छन् । बिहीबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा न्युजिल्याण्डमा कोरोना भाइरसका १४ नयाँ संक्रमित फेला परेका हुन् ।

न्युजिल्याण्डले कोरोना भाइरसको स्थानीय संक्रमित भेटिएसँगै मुलुकको सबैभन्दा ठूलो सहर अकल्याण्डमा लकडाउनको घोषणा गरिसकेको छ । साताको सुरुमा न्युजिल्याण्डमा एकै परिवारका चार जनामा कोरोना भाइरसको स्थानीय संक्रमण देखिएसँगै न्युजिल्याण्डले संक्रमण फैलिन नदिन सतर्कता अपनाएको छ । पछिल्लो २४ घण्टामा भेटिएकामध्ये १३ जनालाई उनीहरुको परिवारबाट संक्रमण सरेको हो भने एकजना बाहिरबाट न्युजिल्याण्ड आएका व्यक्ति हुन् ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मुलुकमा नयाँ संक्रमित भेटिनुले अवस्था गम्भीर बनेको बताउँदै उनले बुधबारदेखि तीन दिन अकल्याण्डमा लकडाउनको घोषणा गरेकी हुन् ।

मंगलबारअघिसम्म न्युजिल्याण्ड १०२ दिनमा कोरोना भाइरसका स्थानीय संक्रमित फेला नपरेको मुलुक बनेको थियो । यो उपलब्धि विश्वका केही मुलुकले मात्र हासिल गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?