Comments Add Comment

‘सडक २’ ट्रेलरमा ६० लाख ‘डिसलाइक’ किन ?

बलिउड चलचित्र ‘सडक २’ले युटुबमा सर्वाधिक धेरै डिसलाइक पाउने चलचित्रको रेकर्ड नै बनायो । सार्वजनिक भएको २४ घन्टा पनि नवित्दै यो चलचित्रको ट्रेलरलाई दर्शकले बहिष्कार गरेको सन्देश दिएका छन् ।

नायिका आलिया भट्ट, नायक संजय दत्त र आदित्य रोय कपुरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा ६० लाख डिसलाइक आउनु के यसको बिषयवस्तु नै कमजोर रहेर हो त ?

महेश भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले किन बहिष्कार गर्नुको कारण बिषयवस्तु नै कमजोर हुनु मात्र होइन । हुनत, यो चलचित्रको ट्रेलर कमजोर छ ।

तर, भारतमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बहसमा रहेको नेपोटिज्मको सबैभन्दा ठूलो मारमा आलिया र उनको परिवार परिरहेको छ । यहीकारणले, गर्दा नै यो चलचित्रलाई बहिष्कारको अभियान चलिरहेको थियो । जसको कारणले पनि यो चलचित्रलाई डिसलाइक गर्नेको संख्या यति धेरै देखिएको हो ।

सुशान्तको निधनपछि सामाजिक संजालमा अत्याधिक गाली आएपछि आलियाले कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् । युटुबमा आएका ५ लाख बढी प्रतिक्रिया पनि आलोचनाले भरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment