+
+
Shares

काठमाडौं महानगर वडा नम्बर १४ मा फलफूल तथा तरकारी पसल चार घण्टा मात्र खोल्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १७:४३

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा फलफूल तथा तरकारी पसल चार घण्टा मात्र खोल्न पाइने भएको छ । वडाभित्र ३९ जना कोरोना भाइरस (कोभिड १९) स‌ंक्रमित फेला परेकाले यसको रोकथाम तथा नियन्त्रण गर्न वडाभित्र सञ्चालित फलफूल तथा तरकारी पसल बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने वडाध्यक्ष शोभा सापकोटले जानकारी दिइन् ।

वडाध्यक्ष सापकोटका अनुसार कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिँदै गएका कारण अत्यावश्यकबाहेक अन्य सबै सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको हो ।

औषधि लगायत खाद्यान्न खुद्रा व्यवसायहरुको हकमा भने सामाजिक दुरी कायम गरी व्यवसाय सञ्चालन गर्न पाउने वडाध्यक्ष सापकोटाले बताइन् ।

डाध्यक्ष सापकोटाले भनिन्, ‘वडामा अहिलेसम्म ३९ जना संक्रमित भेटिएका छन् । जसले गर्दा समुदाय स्तरमा संक्रमणको थप जोखिम बढेपछि वडालाई नै सिल गरेका छौं । सावधानीका लागि हामीले वडावासीलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कन, पाहुन भएर नजान र पाहुनलाई नबोलाउन, घरमै बसेर चाडपर्व मनाउन आग्रह पनि गरेका छौं ।’

वडा कार्यालय रहेको भवनमा बस्ने मानिसमा समेत काेरोना संक्रमण पुष्टि भएको छ,’ उनले भनिन्, ‘सेवाग्राहीहरु काम विशेषले वडा कार्यालय आउँदा संक्रमणको जोखिम हुने देखिएकाले  वडा कार्यालयमा ताला नै लगाएर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका हौं । ‘

काठमाडौंको अन्य वडाको तुलनामा सबै भन्दा बढी कोरोना संक्रमित फेला परेका कारण ठेलागाडा लगायत फुटपाथ व्यवसाय सञ्चालनमा समेत पूर्ण रुपमा रोक लगाइएको उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?